याक्थुङ लिम्बू कर्मचारी मञ्च गठन - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

याक्थुङ लिम्बू कर्मचारी मञ्च गठन

माङसेबुङ । याक्थुङ लिम्बू राष्ट्रसेवक कर्मचारीहरुको भेलाबाट याक्थुङ लिम्बू कर्मचारी मञ्च तदर्थ समिति गठन गरिएको छ ।

शुक्रबार ललितपुरको नखिपोटमा अवस्थित चुम्लुङहिममा आयोजित भेलाले टार्जन कुमार लिम्बूको अध्यक्षतामा १७ सदस्यीय याक्थुङ कर्मचारी तदर्थ समिति गठन गरिएको हो ।

तदर्थ समितिको उपाध्यक्षमा ल्युमा सुब्बा, महासचिवमा विशाल नेम्बाङ, सचिवमा बिक्रम सम्बाहाम्फे र कोषाध्यक्षमा सम्झना लिङ्देन चयन भ्उका छन् ।

यसैगरी सदस्यहरुमा सुजन फागो, राम मादेन, प्रविनहाङ योङहाङ, अमृत सम्बाहाम्फे, भुवन कन्दङ्वा, टोपेन्द्र साँवा, फूलमाया मेन्याङ्बो, सुनिता योङहाङ, अस्मिता सुब्बा, प्रकाश योङहाङ, लक्ष्मी सुहाङ, मनु कुमारी लिम्बू रहेका छन् ।

यस्तै राम मादेनको संयोजकत्वमा विधान मस्यौदा समिति समेत गठन गरिएको छ ।

 

सम्बन्धित खवर