नालीफुङवा पाङभे पान्जुम्भो जाँतेको अध्यक्षमा तुलक चेम्जोङ - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नालीफुङवा पाङभे पान्जुम्भो जाँतेको अध्यक्षमा तुलक चेम्जोङ

मोरङ । किरात साम्यो नालीफुङवा पाङभे पान्जुम्भो जाँते मोरङको अध्यक्षमा तुलक चेम्जोङ निर्वाचित भएका छन् ।

शनिबार मोरङको लेटाङ नगरपालिकाको जाँतेमा सम्पन्न नालीफूङवाको पाचौं सम्मेलनबाट चेम्जोङ अध्यक्षमा निर्वाचित भएका हुन् ।

नवनिर्वाचित उपाध्यक्षमा मुना मादी, सचिवमा सविता लिम्बू, सहसचिवमा मुना चेम्जोङ र कोषाध्यक्षमा रिया चेम्जोङ रहेका छन ।

यसैगरी सदस्यहरु आयुस्मा थेगिम, दिया राई, तनिसा चेम्जोङ, सुमित चेम्जोङ, मुस्कान चेम्जोङ, सलिना राई, हिस्तिका राई, बिकल इङनाम, सिमरन सिङघक र ओम खजुम निर्वाचित भएका छन् ।

किरात साम्यो नालीफुङवा थुम पान्जुम्भो मोरङका अध्यक्ष आकाश लङवा लिम्बूको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनमा नालीफुङवा मोरङ जिल्ला सदस्य धनकुमार वजी, रुपराज खजुमको समेत उपस्थिति रहेको थियोे ।

कार्यक्रममा जाँते निवासी किरात धर्मावलम्बी भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर