प्रिमियर लिग : ब्रेन्टफोर्डसँग युनाईटेडको फराकिलो हार - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रिमियर लिग : ब्रेन्टफोर्डसँग युनाईटेडको फराकिलो हार

दमक । क्रिस्टियानो रोनाल्डो  प्रेरित म्यानचेस्टर युनाईटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार दोस्रो हार व्यहोरेको छ ।

युनाईटेडले शनिबार राति भएको खेल ब्रेन्टफोर्डसँग ४–० ले स्तब्ध हुँदै लगातार दोस्रो हार व्यहोरेको हो ।

घरेलु मैदानमा ब्रेन्टफोर्डले युनाईटेडविरुद्ध पहिलो हाफमै ४ गोल गरेको थियो ।

ब्रेन्टफोर्डको जितमा जोस डासिल्भा, म्याथिस जेन्सेन, बेन मि र ब्रायन एमबिउमोले गोल समान एक एक गोल गरेका थिए ।

सम्बन्धित खवर