साफ यू–१७ को खेल तालिका सार्वजनिक : भुटान नेपालको पहिलो प्रतिद्वन्दी - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

साफ यू–१७ को खेल तालिका सार्वजनिक : भुटान नेपालको पहिलो प्रतिद्वन्दी

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आइतबार श्रीलंकामा आयोजना हुने साफ यू–१७ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक गरेको छ ।

साफले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेलमा भुटानको सामना गर्ने भएको छ ।

प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा भारत र भुटान रहेको छ ।

नेपालले भुटानसँग सेप्टेम्बर ७ मा प्रतिस्पर्धा गर्नेछ । यस्तै नेपालले दोस्रो खेलमा भारतसँग सेप्टेम्बर ९ मा खेल्नेछ ।

समूह ‘ए’ मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

फाइनल सेप्टेम्बर १४ मा हुनेछ ।

 

सम्बन्धित खवर