केदेम वंशावलीको काम धमाधम हुँदै - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

केदेम वंशावलीको काम धमाधम हुँदै

दमक । केदेम सयङको इतिहास र वंशावली प्रकाशनका लागि सामग्री संकलन र सम्पादन कार्य धमाधम भइरहेको छ ।

केदेम वंशावली प्रकाशन समितिका संयोजक चैतन्यप्रकाश केदेमको नेतृत्वमा गठन भएको प्रकाशन समितिले केदेम वंशको इतिहास र वंशावली दोस्रो संस्करण पुस्तकका लागि सामग्री संकलन र सम्पादनसँगै आर्थिक संकलन कार्यलाई सक्रियताका साथ अघि बढाएको हो ।

यसरी आगामी फागुनसम्ममा प्रकाशन गरिसक्ने गरी काम गर्दै गरेको प्रकाशन समितिको सह संयोजकमा पूर्णसिं केदेम ताप्लेजुङ, पदमलाल केदेम सुनसरी, भीमबहादुर केदेम मोरङ, मनिस केदेम झापा, सदस्य सचिवमा रविन्द्र केदेम सुनसरी र अर्थ संयोजकमा धनबहादुर केदेम मोरङ रहेका छन् ।

प्रकाशन समितिको सदस्यहरुमा क्रमश ः ज्ञानु केदेम इलाम, सन्चवीर केदेम ताप्लेजुङ, खड्ग केदेम ताप्लेजुङ, भीम बहादुर केदेम ताप्लेजुङ, पूर्णबहादुर केदेम ताप्लेजुङ, विष्णुचरण केदेम ताप्लेजुङ, रामकुमार केदेम ताप्लेजुङ, चन्द्रमणि केदेम ताप्लेजुङ, विनोद केदेम सुनसरी, विर्शिला केदेम सुनसरी रहनु भएको छ ।

त्यसैगरी रीता श्रेष्ठ केदेम सुनसरी, पूर्णबहादुर केदेम मोरङ, उज्वलध्वज केदेम मोरङ, कृष्ण केदेम आसाम, साने केदेम आसाम, प्रेमबहादुर केदेम आसाम, लिलामान केदेम सिक्किम, अग्निप्रसाद केदेम वेलायत, सोमिया वनेम केदेम मोरङ र कल्पना केदेम सुनसरी रहेका छन् ।

प्रकाशन समितिले अग्रजहरुलाई सल्लाहकार समितिमा राखेका छन् । सल्लाहकार समितिमा दिलकुमार केदेम, रत्नप्रसाद केदेम, रामकुमार केदेम, मोतीकुमार केदेम, विनोदकुमार केदेम, मंगलसिं केदेम, डम्बर केदेम, लोकमणि केदेम, फिपाहाङ केदेम, शेरबहादुर केदेम र पूर्णबहादुर केदेम रहेका छन् ।

यसरी गठन गरिएको समितिका सदस्यहरु र सल्लाहकारहरुमा आवश्यकता अनुसार आगामी समयमा थप्दै लैजाने प्रकाशन समितिका संयोजक चैतन्य केदेमले बताए ।

संयोजक चैतन्य केदेमका अनुसार वंशावली खोज अनुसन्धान गर्ने क्रममा पूर्खा एउटै रहेर अहिले छुट्टीएका थरीहरु नाल्बो, हाङगाम, सामेखाम, लिङथेप लगायत सयङका प्रतिनिधिहरुसँग पनि भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम तयारी भइरहेको छ ।

विगतमा संकलन गरिएका पुरानो नामावली र पछिल्लो समयमा संकलन गरिएका नामावली टाइप गर्ने काम धमाधम भइरहेको प्रकाशन समितिका सदस्य तथा पुस्तक सम्पादन विभाग संयोजक ज्ञानु केदेमले बताए ।

नामावली टाइप र सम्पादन सकेर समितिमा छलफल गरी कसैको नाम छुटेको भए संकलन गर्न र कसैको नाम त्रुटी भए सुधार गर्नका लागि असोजसम्ममा नामावली प्रिन्ट गरी गाउँ गाउँमा पठाउने कार्य तालिका अनुसार काम भइरहेको सम्पादन विभाग संयोजक ज्ञानु केदेमको भनाई छ ।

वंशावलीमा समावेश गरिने नामावलीको काम सकेपछि इतिहास लेखन र सम्पादनको कार्य गरिने र यसका लागि असोज पहिलो सातासम्ममा ताप्लेजुङमा केदेम सयङका अग्रज तुम्याहाङ, सल्लाहकारहरु, युवापुस्ता सहित प्रकाशन समितिको भेला आयोजना गर्ने तयारी भइरहेको समितिका सदस्य सचिव रविन्द्र केदेमले बताएका छन् ।

प्रकाशन समिति गठन हुँदाको समयमा निर्णय भए अनुसारको प्रत्येक केदेमहरुबाट सहयोग रकम संकलन गरेर वंशावली पुस्तक प्रकाशन गर्ने योजना अनुसार सहयोग संकलन कार्य अघि बढाइएको आर्थिक संयोजक धनबहादुर केदेमको भनाई छ ।

केदेम सयङको वंशावली पहिलो पटक वि.स. २०६३ सालमा दश लिम्बुवानको संक्षिप्त परिचय र केदेम वंशावली केदेम संघ केन्द्रीय समितिले प्रकाशन गरेको थियो । त्यसपछि दोस्रो संस्करणको रुपमा प्रकाशन गर्न अहिले धमाधम काम भइरहेको प्रकाशन समितिले जनाएको छ ।

 

सम्बन्धित खवर