दमक । चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमसँग बराबरीमा रोकिएको छ ।
चेल्सीआइतबार राति भएको खेलमा टोटेनहमसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।
चेल्सीका लागि कालिडोउ कुलीबाली र जेम्स रिसले एक एक गोल गरे । यता टोटेनहमका पिएर इमिल होजवर्ग र ह्यारी केनले एक एक गोल गरे ।
रोमान्चक खेलमा दुई पटकको अग्रता जोगाउन नसक्दा चेल्सीले बराबरी खेल्नु परेको हो ।
खेल सकिएपछि हात मिलाउने क्रममा झगडा गरेपछि चेल्सीका प्रशिक्षक थोमस टुचेल र टोटेनहमका प्रशिक्षक एन्टोनियो कोन्टेले रातो कार्ड पाएका छन् ।