प्रदेशको नामाकरणका लागि पान्थरमा दबाव समिति गठन - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रदेशको नामाकरणका लागि पान्थरमा दबाव समिति गठन

पान्थर । प्रदेश नं १ को नाम बहुपहिचानको आधारमा किरात सगरमाथा राख्न माग गर्दै राजनीतिक दलका नेताहरुलाई नैतिक दबाब सिर्जना गर्ने उद्देश्यले गठन भएको शान्तिपूर्ण नैतिक दबाव समितिले पान्थरमा जिल्ला समिति गठन गरेको छ ।

आइतबार ध्रुब तुम्बापोको संयोजकत्वमा शान्तिपूर्ण नैतिक दवाव समिति पान्थर गठन भएको छ । समितिको सह संयोजकमा गुरुङहाङ सेर्मा र देबेन्द्र आङदेम्बे रहेका छन् ।

समितिको सचिवमा गोपाल फियाक, अर्थ संयोजकमा डम्बरबहादुर लाओती, सह संयोजकमा इच्छाबहादुर चेम्जोङ, समन्वय संयोजकमा लक्ष्मी देवान लगायत रहेको दबाव समिति गठन गरिएको का केन्द्रीय सचिव पृथीमान खालिङले जानकारी दिए ।

पहिचान सहित प्रदेश नं १ लाई ‘किरात सगरमाथा’ नामाङकन गर्न, गराउन लाई शान्तिपूर्ण नैतिक दबाब समितिले दलका नेताहरुलाई ज्ञापनपत्र बुझाउने, विभिन्न जिल्लामा संगठन निर्माण गर्ने कार्य भइरहेको समितिका संयोजक डकेन्द्रसिंह थेगिमले बताए ।

 

सम्बन्धित खवर