प्रिमियर लिग : प्यालेससँग लिभरपुल बराबरीमा रोकियो - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रिमियर लिग : प्यालेससँग लिभरपुल बराबरीमा रोकियो

दमक । लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलमा बराबरीमा रोकिएको छ ।

१० खेलाडीमा समेटिएको लिभरपुल सोमबार राति भएको खेलमा क्रिस्टल प्यालेससँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता भने प्यालेसले बनाएको थियो । खेलको ३२ औं मिनेटमा विलफ्रेड जाहाले गोल गर्दै प्यालेसलाई अग्रता दिलाए ।

तर, खेलको ५७ औं मिनेटमा डार्विन नुनेजले रातो कार्ड पाएपछि लिभरपुल १० खेलाडीमा समेटिएको थियो ।

त्यसपछि खेलको ६१ औं मिनेटमा लुइस डियाजले गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

लिभरपुलको यो लगातार दोस्रो बराबरी हो ।

सम्बन्धित खवर