दमक । आज(बिहिबार)देखि नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण शुरु हुने भएको छ ।
नेपाली राष्ट्रिय फुटबल टिमको कार्यवाहक मुख्य प्रशिक्षकमा प्रदिप हुमागाई नेपाल आईपुगेसँगै बन्द प्रशिक्षण शुरु हुने भएको हो ।
प्रारम्भिक चरणमा प्रशिक्षणमा कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईँले ४० खेलाडीलाई बोलाएका छन् ।
प्रशिक्षणमा कप्तान किरण चेम्जोङ, उपकप्तान रोहित चन्द, विमल घर्ती मगर, अञ्जन विष्ट, अनन्त तामाङलगायत अनुभवी खेलाडीलाई बोलाइएको छ ।
नेपालले असोजको दोस्रो साता बंगलादेशसँग एक मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ। मैत्रीपूर्ण खेल ११ असोजमा दशरथ रंगशालामा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
बन्द प्रशिक्षणमा बोलाईएका नेपाली टोली
गोलरक्षक : किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, विशाल श्रेष्ठ
डिफेन्डर : अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दीनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, छिरिङ गुरुङ, सुमन अर्याल, रञ्जित धिमाल, निशान खड्का, अमित तामाङ, राजन गुरुङ
मिडफिल्डर : संजोक राई, पुजन उपरकोटी, तेज तामाङ, एरिक विष्ट, सेसेहाङ आङदेम्बे, सुदीप गुरुङ, विशाल राई, मनिष डाँगी, सुरज ज्यु ठकुरी, सुभाष गुरुङ, आवास लामिछाने, सुनिल बल, आयुष घलान, सुजल श्रेष्ठ, अन्जन विष्ट
फरवार्ड : विमल घर्तिमगर, नवयुग श्रेष्ठ, आशिष चौधरी, ऋतिक खड्का, जर्जप्रिन्स कार्की, आशिष चापागाई, अभिषेक रिजाल, भरत खवास