देशभर कृष्ण रथयात्रा सम्पन्न - Mangsebung News
  • आइतबार, साउन ०५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देशभर कृष्ण रथयात्रा सम्पन्न

माङसेबुङ । आज शनिबार देशका विभिन्न शहरहरुमा कृष्ण रथयात्रा गरिएको छ ।

कृष्ण जन्म अष्ठमीको दोस्रो दिन कृष्ण मन्दिर रहेका स्थानहरुबाट कृष्णको रथयात्रा निकालिएको हो ।

भगवान श्रीकृष्णले कुरुक्षेत्रको लडाइँमा रथको प्रयोग गरेको स्मृतिमा कृष्ण जन्म अष्ठमीको दोस्रो दिन रथयात्रा निकाल्ने प्रचलन रहि आएको छ ।

सयौं मानिसहरुको सहभागितामा झापाको दमक, गौरादहलगायत विभिन्न स्थानहरुमा शनिबार दिउँसो रथयात्रा निकालिएको थियो ।

दमकमा आयोजित रथयात्रामा विभिन्न धार्मिक तथा सामाजिक संघसंस्थाको सहभागिता रहेको थियो भने रथयात्राका क्रममा कृष्ण र राधाको अनुकरण गराई बालबालिकालाई दमकको विभिन्न भागमा परिक्रमा गराइएको थियो ।

प्रदेश नम्बर १ को राजधानी विराटनगरमा र मोरङको उर्लाबारीमा पनि पनि रथयात्रा निकालिएको थियो ।

सम्बन्धित खवर