झापा ४, भादौ । आगामी भदौ ११ गते झापाको बिर्तामोडमा नेपाल आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् (नेफिन) झापाको सातौं जिल्ला अधिवेशन हुने भएको छ ।
शनिबार पत्रकार सम्लेलन गर्दै नेपाल आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् झापाले सातौं जिल्ला अधिबेशनको मिति सार्वजनिक गरेको हो ।
आगामी भदौ ११ गते बिर्तामोडको अतिथिसदनमा हुने सातौं जिल्ला अधिवेशनको उद्घाटन प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गर्ने नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद झापाका अध्यक्ष भरतकुमार श्रेष्ठले बताए ।
अधिबेशन उद्घाटनका क्रममा आदिवासी जनजातिको मौलिक नृत्य प्रदर्शन गरिने तथा साँस्कृतिक भेषभुषा सहितको झाँकीसहितको र्यालीले बजार परिक्रमा गर्ने उनको भनाई छ ।
अधिबेशनमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद झापामा आवद्ध २४ वटा जातीय संघ संगठनका तर्फबाट दुई–दुई जना प्रतिनिधिसहित पाँच हजार जनाको सहभागीता रहने उनले जानकारी दिए ।