माङ्सेबुङ ४, भदौ । इलामको माङ्सेबुङ ३, स्थित चतुरेमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासको विषयमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार माङसेबुङ गाउँपालिकाको आयोजनामा र राष्ट्रिय भूमि आयोग इलाम जिल्लाको सहजिकरणमा सो अभिमुखिकरण कार्यक्रम कार्यक्रम सम्पन्न भएको हो ।
राष्ट्रिय भूमि आयोग इलाम जिल्ला अध्यक्ष भक्त केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास व्यवस्थापन विषयमा राष्ट्रिय भूमि आयोग इलामका विज्ञ सदस्य श्याम खड्कीले प्रष्ट पारे ।
यसैगरि कार्यक्रम कार्यन्वयनको विषयमा राष्ट्रिय भूमि आयोग इलामका सदस्य घनश्याम थापाले प्रष्ट्याएका थिए । कार्यक्रममा उठेका जिज्ञासा र प्रश्नहरुको सहजिकरण गर्दै कार्यक्रम सम्पन्न गर्नका लागि गरिनुपर्ने विषयहरुमा प्रमुख अतिथि केसीले बोल्दै सहयोगका लागि सबैमा अपिल गरे ।
कार्यक्रमा माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले कार्यक्रम सम्पन्न गर्नका लागि सबै माङसेबुङबासी तदारुक्ताका साथ लाग्नु पर्ने बताए ।
उनले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास व्यवस्थापनको विषयमा माङसेबुङका जनताले प्राप्त गर्नु पर्ने जग्गाको विषयमा सबै दलका प्रतिनिधिज्यूहरु, सरोकारवाला, नागरिक समाज, बुद्धिजिविहरुमा सहयोगको लागि अनुरोध समेत गरे ।
माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष विनोद नेम्बाङ, वडा नम्बर ५, का वडाध्यक्ष नरेन्द कुमार राईले आफ्ना कुराहरु राखेका थिए ।