ला लिगा : बार्सिलोनाको सिजनको पहिलो जित - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ला लिगा : बार्सिलोनाको सिजनको पहिलो जित

भदौं ५, दमक । बार्सिलोनालेखस्पेनिस ला लिगा फुटबलमा पहिलो जित हासिल गरेको छ ।

बार्सिलोनाले आइतबार राति भएको खेलमा रियल सोसिडाडलाई ४–१ गोल अन्तरले हराउँदै सिजनको पहिलो जित हासिल गरेको हो ।

बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्दा ओसुमाने डेम्बेले र अन्सु फातीले एक एक गोल गरे । यता सोसिडाडका एलेक्सजेण्डर इसाकले एक गोल फर्काए ।

यस जितसँगै बार्सिलोना २ खेलमा ४ अंक जोड्दै पाँचौं स्थानमा रहेको छ । यता सोसिडाड २ खेलमा ३ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

सम्बन्धित खवर