लिग वान : एमबाप्पेको ह्याट्रिकमा पीएसजीको सानदार जित - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लिग वान : एमबाप्पेको ह्याट्रिकमा पीएसजीको सानदार जित

भदौं ५, दमक । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा फराकिलो जित हासिल गरेको छ ।

पीएसजीले केलियन एमबाप्पेको ह्याट्रिकमा आइतबार राति लिललाई ७–१ गोल अन्तरले हराउँदै फराकिलो जित हासिल गरेको हो ।

पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले ह्याट्रिक गर्दा नेयमारले दुई गोल, लियोनल मेस्सी र आच्रफ हाकिमीले एक एक गोल गरे । यता लिलका जोनाथन बाम्बाले एक गोल फर्काए ।

पीएसजीको यो लगातार तेस्रो जित हो । पीएसजीे ३ खेलमा ९ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ । यस्तै लिल ४ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

सम्बन्धित खवर