- ताराहाङमा केरुङ
भदौ ११, माङ्सेबुङ । प्रदेश १ को नाम बहुपहिचानको आधारमा ‘किरात सगरमाथा’ राख्न माग राख्दै शान्तिपूर्ण नैतिक दबाब समिति इलाम जिल्ला गठन गरिएको छ ।
शनिबार माङ्सेबुङ ५, मा अवस्थित सरस्वती माबिको प्राङ्गणमा किरात धर्म तथा साहित्य उत्थान संघ इलाम जिल्ला अध्यक्ष राम येक्तेनको संयोजकत्वमा शान्तिपूर्ण नैतिक दबाब समिती इलाम गठन गरिएको हो ।
नव गठित समितीको सह–संयोजकमा कमल योङ्हाङ, शुर्य कुमार राई, सरु हाङमा इधिङ्गो, सचिबमा, बुद्ध लिङ्खिम, सह–सचिबमा चन्द्र माया केरुङ, आर्थिक संयोजकमा राम येक्तेन, सह आर्थिक–संयोजकमा वीर बहादुर माबोहाङ, बुद्धिमान थेबे चयन भएका छन् ।
यसैगरी ४५ सदस्य रहेको दबाब समितिका सचिव पृतिमान खालिङले बताए । पहिचान सहितको प्रदेश नम्बर १ लाई ‘किरात सगरमाथा’ नामाङ्कन गर्न गराउनलाई शान्तिपूर्ण नैतिक दबाब समितीले दलका नेताहरुलाई ज्ञापन पत्र बुझाउने विभिन्न जिल्लामा संगठन निर्माण गर्ने कार्य भइरहेको समितीका संयोजक डकेन्द्र थेगिमले बताए ।