तेस्रो अन्तराष्ट्रिय टी–ट्वान्टीमा केन्यामाथि नेपालको जित - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

तेस्रो अन्तराष्ट्रिय टी–ट्वान्टीमा केन्यामाथि नेपालको जित

भदौ १२, काठमाडौं । नेपालले घरेलु टोली केन्याविरुद्धको तेस्रो अन्तराष्ट्रिय टी–ट्वान्टीमा जित हासिल गरेको छ ।

नेपालले आइतबार नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा भएको खेलमा केन्यालाई ४ विकेटले हराउदै जित हासिल गरेको हो ।

नेपालले केन्याले दिएको १ सय ५७ रनको लक्ष्य १९ ओभर ३ बलमा ६ विकेट गुमाएर १ सय ६० रन बनाएर पूरा गर्यो ।

नेपालले टी–ट्वान्टी अन्तराष्ट्रियमा पूरा गरेको यो सर्वाधिक ठूलो योगफल हो । यसअघि नेपालले पूरा गरेको सर्वाधिक ठूलो योगफल १ सय ५२ रन थियो । नेपालले सन् २०१९ मा सिंगापुरविरुद्ध उक्त जित निकालेको थियो ।

यस जितसँगै पाँच खेलको सिरिजमा नेपालले २–१ को अग्रता बनाएको छ ।

यस अघि पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा भने केन्याले नेपाललाई १८ रनले हराएको थियो ।

अब नेपाल र केन्याबीच चौंथो टी–ट्वान्टी खेल भोलि सोमबार र  पाँचौ तथा अन्तिम टी–ट्वान्टी मंगलबार हुनेछ ।

टी–ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ । पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।

सम्बन्धित खवर