एसिया कप क्रिकेट : पाकिस्तानमाथि भारतको रोमाञ्चक जित - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एसिया कप क्रिकेट : पाकिस्तानमाथि भारतको रोमाञ्चक जित

भदौ १२, काठमाडौं । युएईमा जारी एसिया कप क्रिकेटमा साविक विजेता भारतले विजयी सुरुआत गरेको छ ।

आइतबार राति दुबईमा भएको रोमान्चक खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै भारतले सुखद बिजयी सुरुआत गरेको हो ।

पाकिस्तानले दिएको १ सय ४८ रनको लक्ष्य भारतले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।

भारतको जितमा रविन्द्र जडेजा र विराट कोहलीले समान ३५÷३५ रन, हार्दिक पाण्डयले अविजित ३३ रन, सूर्यकुमार यादव १८, कप्तान रोहित शर्माले १२ र केएल राहुल सुन्य रनमा आउट भए ।

पाकिस्तानका मोहमद नवाजले ३ तथा शाहानवाज दाहानीले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ४७ रन बनाएको थियो ।

पाकिस्तानका लागि मोहमद रिजवानले सर्वाधिक ४३ रन बनाउदा इफ्तिखर अहमेदले २८, कप्तान बाबर आजम, फखर जमान र शादब खान समान १० रन बनाएर आउट हुदाँ शाहानवाज दाहानीले १६ रन र हरिस राउफले अविजित १३ रन बनाए ।

भारतका भुवनेश्वर कुमारले ४ विकेट लिदां हार्दिक पाण्डयले ३ तथा अश्रदिप सिंहले २ र आभेस खानले १ विकेट लिए ।

यस जितसँगै समूह ‘ए’ को भारतले पहिलो खेलमा २ अंक जोडेको छ । पाकिस्तानले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

सम्बन्धित खवर