चौंथो टी–ट्वान्टी अन्तराष्ट्रियमा केन्यासँग हार्यो नेपाल - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

चौंथो टी–ट्वान्टी अन्तराष्ट्रियमा केन्यासँग हार्यो नेपाल

भदौ १३, काठमाडौं । चौंथो टी–ट्वान्टी अन्तराष्ट्रियमा नेपाल घरेलु टोली केन्यासँग पराजित भएको छ ।

सोमबार नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा भएको खेलमा केन्यासँग नेपाल ७ रनले पराजित भएको हो ।

केन्याले दिएको १ सय २ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४७ रन बनाउदा आदील अन्सारीले ८ रन, दीपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल र अर्जुन साउद समान ६ रनमा आउट भए ।

यस्तै करण केसी ५ रनमा आउट हुँदा आरिफ शेख २ रन, सन्दीप लामिछाने ४ रनमा अविजित रहदा साहब आलम सुन्य रनमा अविजित रहे । पवन सर्राफ र सोमपाल कामीले खाता खोल्न सकेनन् ।

केन्याका रकिप पटेलले ३ विकेट लिदां भिराज पटेल, शेम एन्गोचे र एलिज्ह ओटिनोले २÷२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा अलआउट हुँदै १ सय १ रन बनाएको थियो ।

केन्याका लागि लुकास ओलुओचले सर्वाधिक ३३ रन बनाउँदा कोलिन्स अबुयाले २० रन बनाए । कप्तान शेम एन्गोचेले १३ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

केन्यालाई सस्तैमा समेट्न नेपालका कप्तान सन्दीप लामिछानेले ५ विकेट लिए । उत्कृष्ट बलिङ गरेका उनले ४ ओभरमा मात्र ९ रन खर्चिए । यस्तै आदील अन्सारीले २ तथा साहब आलम र दीपेन्द्र सिंह ऐरीले १÷१ विकेट लिए ।

यस जितसँगै पाँच खेलको टी–ट्वान्टी सिरिजमा केन्याले २–२ को बराबरी गरेको छ । अब निर्णायक मानिएको नेपाल र केन्याबीचको पाँचौ तथा अन्तिम टी–ट्वान्टी मंगलबार हुनेछ ।

 

सम्बन्धित खवर