- पदम सुखी सम्बाहाम्फे
भदौ १५, पाँचथर । पाँचथर जिल्लाको याङ्वरक गाउँपालिका स्थित बुद्ध आधारभूत बिधालय ओयाममा अध्ययनरत असहाय विद्यार्थीलाई जनसेवा समाज पाँचथरले स्कुल पोशाक तथा स्टेसनरी सामग्री मंग्लवार बितरण गरेको छ ।
बिध्यार्थीहरुलाइ स्कुल पोशाक, सिलाइ ज्याला तथा १ सय ६ जना बिध्यार्थीहरुका लागि स्टेसनरी सामाग्री कर्मचारी सन्चयकोष प्रधान कार्यालय ललितपुरको आर्थिक सहयोगद्वारा बितरण गरिएको जनसेवा समाज पाचथरका संयोजक राजेन्द्र अधिकारीले बताए ।
बिधालयको प्राङ्गणमा भएको सो समारोहमा १५ जना बिध्यार्थीहरुका लागि स्कुल जुत्ता, मोजा फिदिम १, का युवा ब्यावसायी रोमन न्यौपानेको आर्थिक सहयोगमा थप सामग्री बितरण गरिएको अधिकारीले बताए ।
सो कार्यक्रममा जनसेवा समाज पाँचथरका प्रमुख सल्लाहकार हर्कबहादुर नेम्वाङ(मिक्सो)को प्रमुख उपस्थिति रहेको थियो भने सोहि वडाका वडा अध्यक्ष बिमल राई, वडा सदस्य, पत्रकार युनियन केन्द्रीय सदस्य भिम बास्कोटा, युनियन जिल्ला अध्यक्ष जितेन्द्र भन्डारी, जनसेवा समाज पाँचथर परिवार, बिधालय परिवार, अभिभावक तथा बिध्यार्थीहरुको समेत उपस्थिति रहेको थियो ।