एसिया कप : हङकङलाई हराउदै भारत सुपर चारमा - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एसिया कप : हङकङलाई हराउदै भारत सुपर चारमा

भदौ १६, काठमाडौं । युएईमा जारी एसिया कप क्रिकेटमा भारतले लगातार दोस्रो जित हासिल गरेको छ ।

बुधबार राति दुबईमा भएको खेलमा भारतले हङकङलाई ४० रनले हराउँदै लगातार दोस्रो जित हासिल गरेको हो ।

भारतले यो जितसँगै सुपर ४ मा स्थान बनाएको छ । भारतले पहिलो खेलमा पाकिस्तानलाई ५ विकेटले हराएको थियो ।

भारतले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको हङकङले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५२ बनाउन सक्यो ।

हङकङका लागि बाबर हायातले ३५ बलमा ३१ तथा किन्चित शाहले २८ बलमा ३० रन बनाए ।

यस्तै जिशन अलिले १७ बलमा अविजित २६ रन तथा अजाज खानले १४ रन बनाए । स्कट म्याकिन्चीनीले ८ बलमा अविजित १६ रन तथा कप्तान निजाकत खानले १० तथा यासिम मुर्ताजाले ९ रन बनाए ।

भारतका लागि भुवनेश्वर कुमार, आबेश खान, रविन्द्र जडेजा र अर्शदिप सिंहले समान १/१ विकेट लिए ।

त्यसअघि ब्याटिङ गरेको भारतले २० ओभरमा २ विकेट १ सय ९२ रन बनायो । भारतका लागि सुर्यकुमार यादव र विराट कोहलीले अविजित अर्धशतक बनाए ।

यादवले २६ बलमा ६८ तथा कोहलीले ४४ बलमा ५९ रन बनाए । यस्तै केएल राहुलले ३६ तथा रोहित शर्माले २१ रन बनाए ।

हङकङका लागि अयुस शुक्ला र मोहम्मद घजान्फरले समान १/१ विकेट लिए ।

सम्बन्धित खवर