लिग वान : टुलुजमाथि पीएसजीको सहज जित - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लिग वान : टुलुजमाथि पीएसजीको सहज जित

भदौ १६, माङसेबुङ। पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा सहज जित हासिल गरेको छ ।

बुधबार राति भएको खेलमा टुलुजलाई ३–० गोल अन्तरले हराउदै पीएसजीले सहज जित हासिल गरेको हो ।

खेलको ३७ औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको ५० औं मिनेटमा केलियन एमबाप्पेले र खेलको ९० औं मिनेटमा जुआन बर्नेटले गोल गर्दै पीएसजीलाई ३–० को जित दिलाए ।

यस जितसँगै पीएसजीले ५ खेलमा १३ अंक जोडेको छ । पीएसजी शीर्ष स्थानमा रहेको छ ।

टुलुज ५ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

सम्बन्धित खवर