कियाचु लिम्बु साँस्कृतिक परिषद ताप्लेजुङको अध्यक्षमा खड्गबहादुर लाबुङ - Mangsebung News
  • आइतबार, साउन ०५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कियाचु लिम्बु साँस्कृतिक परिषद ताप्लेजुङको अध्यक्षमा खड्गबहादुर लाबुङ

भदौ १७, ताप्लेजुङ । कियाचु लिम्बु साँस्कृतिक परिषद ताप्लेजुङको चौथो जिल्ला अधिबेशन सम्पन्न भएको छ ।

शुक्रबार फुङ्लिङस्थित लिटलबुद्ध बोर्डिङ स्कूलको सभाहलमा सम्पन्न अधिवेशनले कियाचु लिम्बु साँस्कृतिक परिषद ताप्लेजुङको अध्यक्षमा खड्गबहादुर लाबुङलाई निर्वाचित गरेको छ ।

उपाध्यक्षमा देउबहादुर सावा, सचिवमा निर्मला खिम्दिङ, सह–सचिवमा कुमार वनेम र कोषाध्यक्षमा बिकास लिम्बू निर्वाचित भएका छन । यसरी नै सदस्यमा बिबेक लिम्बू र सुसन माबो निर्वाचित भएका छन ।

राष्ट्रिय चुम्लुङ सदस्य तथा लिम्बू साँस्कृतिक परिषदका केन्द्रीय उपाध्यक्ष सागर केरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य ठाकुर साम्सुहाङ, लिम्बुवान प्रदेश समिती सदस्य धिरमाया इजम, किरात धर्म तथा साहित्यिक उत्थान संघका केन्द्रीय सदस्य लेखबहादुर पालुङ्वा, चुम्लुङ जिल्ला अध्यक्ष इन्दिरा मेन्याङ्बो, सरोज कङ्लिबा, सिवा माविका प्रधानाध्यापक ओमनाथ गौतम, जिल्ला खेलकुद विकास समिति अध्यक्ष गणेश माबो, लिम्बु साँस्कृतिक परिषद पान्थर अध्यक्ष डिआर हाङ्सरुम्बा लगायतले शुभकामना राखेका थिए ।

 

सम्बन्धित खवर