केन्याविरुद्धको पहिलो एकदिवसीय खेलमा नेपालको जित - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

केन्याविरुद्धको पहिलो एकदिवसीय खेलमा नेपालको जित

भदौ १७, दमक । घरेलु टोली केन्याविरुद्धको पहिलो एकदिवसीय खेलमा नेपालले जित हासिल गरेको छ ।

शुक्रबार केन्याको नैरोवी स्थित जिमखाना क्रिकेट मैदानमा भएको खेलमा नेपालले केन्यालाई ७ विकेटले हराएको हो ।

नेपालले केन्याले दिएको २ सय १९ रनको लक्ष्य ४७ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा आसिफ शेखले १ सय १० रनको शतकीय इनिङ खेले । उनले १ सय २० बलमा १२ चौका र २ छक्का प्रहार गरे ।

यस्तै अर्जुन साउदले ६१ रनको अर्धशतकीय इनिङ खेले । यसैगरि ज्ञानेन्द्र मल्लले २४ रन जोड्दा दीपेन्द्र सिंह ऐरीले अविजित १५ रन र रोहित पौडेलले अविजित ३ रन बनाए ।

केन्याका भिसिल पटेल, रकिप पटेल र कोलिन्स ओबुयाले १÷१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको केन्याले ४८ ओभर १ बलमा अलआउट भएर २ सय १८ रन बनाएको थियो ।

केन्याका लागि रकिप पटेल र कोलिन्स ओबुया अर्धशतकीय इनिङ खेले । पटेलले ६७ तथा ओबुयाले ६२ रन बनाए । ईफ्रान करिमले ३१ तथा सचिन बुदियाले २७ रन बनाए ।

नेपालका लागि सोमपाल कामी र करण केसीले समान ३÷३ विकेट लिए । यस्तै आदिल आलम र पवन सर्राफले समान १÷१ विकेट लिए ।

यस जितसँगै नेपालले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । अब नेपालले केन्यासँग भोलि शनिबार दोस्रो खेल खेल्नेछ ।

 

सम्बन्धित खवर