नेपाली यू–१७ टोली कोलम्बो पुग्यो - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाली यू–१७ टोली कोलम्बो पुग्यो

भदौ १८, दमक । नेपाली युवा टोली श्रीलंकामा आयोजना हुने साफ यू–१७ पुरुष च्याम्पियनसिपमा सहभागिता जनाउन कोलम्बो पुगेका छन् । शुक्रबार राति नेपाली युवा टोली श्रीलंकाको कोलम्बो पुगेका हुन् ।

प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा भारत र भुटान रहेको छ ।

साफ यू–१७ को पहिलो खेलमा नेपालले भुटानको सामना गर्नेछ । नेपालले भुटानसँग सेप्टेम्बर ७ मा प्रतिस्पर्धा गर्नेछ ।

यस्तै नेपालले दोस्रो खेलमा भारतसँग सेप्टेम्बर ९ मा खेल्नेछ । समूह ‘ए’ मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेको छ ।

समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल सेप्टेम्बर १४ मा हुनेछ ।

नेपाली टोली –

गोलकिपर : क्रिसल मोक्तान, समीर चन्द, रुबिन बोगटी

डिफेन्डर : अश्विन घोरासैनी, सिमान्त थापा, उनेश बुढाथोकी, मदन पौडेल, दिपक थापा मगर, निशान्त तामाङ, युनिश मगर, विक्रम तामाङ, प्रीतम कार्की, धिरज विश्वकर्मा

मिडफिल्डर : प्रशान्त लक्ष्सम, मिराक लिङ्देन, सरोज दर्लामी, हरिशराज भट्ट, लच्छु थापा

फरवार्ड : निरज कार्की, धनसिंह विक, विनोद केसी, सिजल राई, सुवास बम

सम्बन्धित खवर