यासोक क्याम्पसमा अन्तर मा.बि.हाजिरी जवाफ प्रतियोगिता सम्पन्न - Mangsebung News
  • आइतबार, साउन ०५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

यासोक क्याम्पसमा अन्तर मा.बि.हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

  • पदम सुखी सम्बाहाम्फे

भदौ १८, कुम्मायक । कुम्मायक गाउपालिकाको केन्द्र यासोक स्थित यासोक क्याम्पसमा अन्तर मा.बि. हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम आज(शनिबार) सम्पन्न भएको छ ।

क्याम्पसको १६ औ स्थापना दिवस तथा सिलालेख अनावरण कार्यक्रमको अवसरमा अन्तर मा.बि. स्तरीय हाजिरी जवाफ कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।

सो हाजिरी जवाफ प्रतियोगितामा पृथ्वी माध्यमिक बिधालय यासोक, जयनारायण आदर्श माध्यमिक बिधालय मेहेलबोटे, सिद्ध मा.बि. तिङ्देन, महेन्द्रोदय माध्यमिक बिधालय पिपलबोटे, सिद्ध सरस्वती मा.बि. माङ्जाबुङ र खाल्डे मा.बि. खाल्डे गरि जम्मा ६ वटा बिधालयका विद्यार्थी समूहहरुको उपस्थिति रहेको थियो ।

६० वटा भन्दा बढी सोधिएको प्रश्नमा सहि जवाफ दिएर जयनारायण आदर्श मा.बि. मेहेलबोटेका विद्यार्थीले १५ अङक प्राप्त गरि प्रथम स्थान ओगट्न सपल भएका छन भने महेन्द्रोदय माध्यमिक बिधालय पिपलबोटेका विद्यार्थी दोस्रो भएका छन ।

यसैगरी पृथ्वी माध्यमिक बिधालय तेस्रो र खाल्डे मा.बि. खाल्डेले सान्तवना अङक प्राप्त गरेको थियो । बिजेता विद्यार्थीहरुलाई भाद्र १९ गते हुने १६ औ क्याम्पस स्थापना दिवसको कार्यक्रममा पुरस्कृत गरिने कुरा जनाइएको छ ।

सो कार्यक्रममा यासोक क्याम्पस प्रमुख कर्ण लावती, प्राध्यापक केन्द्र प्रकाश बराल लगायत शिक्षकहरुको उपस्थिति रहेको थियो । प्रतियोगिता कुम्मायक गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा यासोक क्याम्पस संचालक समितिका अध्यक्ष जयबहादुर चेम्जोङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर