ला लिगा : सेभियामाथि बार्सिलोनाको सहज जित - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ला लिगा : सेभियामाथि बार्सिलोनाको सहज जित

भदौ १९, दमक । स्पेनिस महारथि बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा सहज जित हासिल गरेको छ ।

बार्सिलोनाले शनिबार राति भएको खेलमा सेभियालाई ३–० गोल अन्तरले हराउदै जित हासिल गरेको हो ।

बार्सिलोनाको जितमा राफिन्हा, रोबर्ट लेवान्डोस्की र एरिक गार्सियाले एक एक गोल गरे ।

राफिन्हाले खेलको २१ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए । त्यसपछि लेवान्डोस्कीले खेलको ३६ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई २–० को अग्रता दिलाए ।

यसैगरि गार्सियाले खेलको ५० औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई ३–० को सहज जित दिलाए ।

जितसँगै बार्सिलोनाले ४ खेलमा १० अंक जोडेको छ ।बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ ।

सेभिया १ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।

सम्बन्धित खवर