पदम सुखी सम्बाहाम्फे
भदौ १९, कुम्मायक । पाँचथर जिल्लाको दक्षिणी भेगमा अवस्थित कुम्मायक गाउँपालिकामा रहेको यासोक क्याम्पसको नव निर्मित भवन समुद्घाटन तथा १६औ दिवस साथै सिलालेख अनावरण कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो (मौसम) को प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।
२०६४ सालमा स्थापना भएको सो क्याम्पस भवन निर्माणका लागि स्वः मानबहादुर लावतिले ८ रोपनी र बिपिन निरौला र मेघराज निरौलाले ४ रोपनी ३ आना ३ दाम निशुल्क जग्गा दिएपछि उक्त भवनको निर्माणकार्य सम्पन्न भएको हो ।
भवन निर्माणकार्यमा १ करोड ८० लाख खर्च भएको क्याम्पस प्रमुख कर्ण लावतिले बताए । प्रदेश तथा स्थानीय सरकारको साझेदारी बजेट तथा विभिन्न संघसस्था र नागरिक समाजको आर्थिक सहयोगमा सो भवन निर्माण भएको बताइएको छ । त्यसमध्ये १६ लाख रकम क्याम्पसको नाममा अक्षकोष खडा गरि मौज्दात रहेकोे पनि लावतिले बताए ।
स्नातक तह सम्म पढाई हुने उक्त क्याम्पसमा ४ सय ४४ जना विद्यार्थी सङख्या रहेको र ६६ प्रतिशत छात्रछात्रा मध्येमा ५९ प्रतिशत आदिवासी जनजाति मुलका विद्यार्थी रहेको लावतिले बताए ।
सो समारोहमा सस्थापक सदस्य, शिक्षक तथा सर्बोकृष्ट अंक हासिल गर्ने विद्यार्थी र स्वदेश तथा बिदेश बाट आर्थिक सहयोग गर्ने सहयोग दाताहरुलाई सम्मान गरिएको थियो ।
मन्त्री आङ्बोले यासोक क्याम्पसको लागि इ लाइब्रेरी तत्काल आवश्यक रहेको भन्दै प्रदेश सरकारले तुरुन्त यसमा सहयोग पुर्याने बताए । कुम्मायक गाउँपालिका सुख्खा क्षेत्र भएकोले यश क्षेत्रमा पुर्वाधार तथा शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, युवा स्वरोजगार, कृषि र बिजुली जस्ता नागरिकलाई प्रत्यक्ष आवस्यक पर्ने बिषय माथी प्रदेश सरकारमा आफू डटेर पहल गरिरहने मन्त्री आङ्बोको भनाइ थियो ।
सरखण्डे यासोक मोटरबाटो, उत्तरे यासोक मोटरबाटो यसै आर्थिक बर्षमा कालोपत्रे भइ सक्ने यासोक हुँदै साम्भोसेरा मोटरबाटो यसैगरी यासोक पिपलबोटे हुँदै तमोर कोरिडोर लुम्बुघाट सम्मको मोटरबाटोलाई पनि यसै बर्ष कालोपत्रे निर्माणकार्य अघि बढाउने मन्त्री आङ्बोले बिश्वास दिलाए ।
उनले सहकारी सस्थाद्वारा विद्युत उपभोग गर्न नागरिकलाई घाटा र सास्ती भएकोले सहकारी सस्था मार्फत सन्चालन भइरहेका विद्युत सेवालाई अब प्राधिकरणलाइनै जिम्मा दिनुपर्ने बताए ।
त्यसैगरी लामो समय अलपत्र रहेको तेह्रथुम जिल्ला र पाचथर जिल्ला जोडीने लुम्भुघाटको मोटोरेवल पुल पनि यसै आर्थिक बर्ष भित्र निर्माण ब्याबसायिले निर्माणकार्य सम्पन्न गरि सक्ने मन्त्री आङ्बोले बताए ।
उक्त समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधि नागरिक समाज बुद्धिजीवी शिक्षक विद्यार्थी तथा अभिवाहक र सन्चारकर्मिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम निवर्तमान गाउँपालिका अध्यक्ष तथा यासोक क्याम्पस सन्चालक समितिका अध्यक्ष जयबहादुर चेम्जोङ्को अध्यक्षतामा सम्पन्न भएको थियो ।