किरात राई यायोक्खा झापाको अध्यक्षमा गणेश राई सर्वसम्मत - Mangsebung News
  • आइतबार, साउन ०५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

किरात राई यायोक्खा झापाको अध्यक्षमा गणेश राई सर्वसम्मत

भदौ १९, दमक । किरात राई यायोक्खा झापाको अध्यक्षमा गणेश राई चयन भएका छन् ।

शनिबार राति सम्पन्न किरात राई यायोक्खा झापाको ८औं जिल्ला अधिवेशनले गणेश राईको अध्यक्षतामा २५ सदस्यीय समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षहरुमा केवलराम राई र लिला राई, सचिवमा सुसन राईलाई चयन भएका छन् । यसैगरि सहसचिवहरुमा चिजा राई, सन्देश राई र अर्जुन राई, कोषाध्यक्षमा किसन राई र सहकोषाध्यक्ष आनन्द राई निर्वाचित भएका छन् ।

सदस्यहरुमा तारा राई, अविरल राई, शिवराज राई, हिरण राई, हर्कराज राई, दिलकुमार राई, रामकुमारी राई, जतन राई, मानबहादुर राई, ज्ञानदीप राई, सुदीप राई, धनस्वरी राई, प्रकाश राई, सुनिल राई, गौरीमान राई र केडी राई चयन भए ।

अधिवेशनको उद्घाटनसत्रमा यायोक्खा संस्थापक उपाध्यक्ष जितमान राई, प्राद्यापक डाक्टर पृथ्वी विक्रम राई र नेत्ररोग विशेषज्ञ डा. सरदचन्द्र राईलाई सामाजिक, शैक्षिक र मानवीय सेवामा पुर्याएको योगदानको कदर गर्दै अभिनन्दन गरिएको थियो ।

इन्द्रमान चाम्लिङ राईको अध्यक्षतामा सम्पन्न जिल्ला अधिवेशनमा यायोक्खा उपाध्यक्ष जीवन हाताचो, प्रदेश संयोजक पारसमणि राई, प्रदेश सभा सदस्य राधा थापालगायतको अतिथ्यतारहेको थियो ।

 

सम्बन्धित खवर