खेलकुद मन्त्री गहतराजले महिला साफको उद्घाटन गर्ने - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

खेलकुद मन्त्री गहतराजले महिला साफको उद्घाटन गर्ने

भदौ २०, काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलको उद्घाटन गर्ने भएका छन् ।

आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला साफको उद्घाटन खेलकुद मन्त्री गहतराजले गर्ने जनाएको छ ।

एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले आइतबार मन्त्री गहतराजलाई उद्घाटन सत्रको निम्तो दिएको र मन्त्रीले स्वीकार गरेको एन्फाले जनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुने उद्घाटन खेलमा आयोजक नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।
खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।

प्रतियोगिताको प्रत्यक्ष प्रशारण एपी वान टेलिभिजनले गर्नेछ ।

सम्बन्धित खवर