भादौ १९, काठमाडौँ । काठमाडौं उपत्याकामा बिश्वशान्ती तथा मानव एकताको निमित्त येत नाम्धुङ लाधुङसेमी उधौली सेवा तथा साक्मुरा वादेम्मा सेवासहित लाख बत्ती प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।
उपत्यकामा छरिएर रहेका ३ सय बढी किरात धर्मावलम्बीहरुको बाक्लो उपस्थितिमा शनिबार सम्पन्न सो सेवा बिगत ७ बर्षदेखी निरन्तर रुपमा गरिदै आएको सेवाको सातौँ संस्करणको रुपमा बृहद रुपमा सम्पन्न भएको हो ।
किरात साम्यो माङ्सेवासाबा नेवाला पान्जुम्भो को प्रमुख आयोजना र किरात धर्म तथा साहित्य उत्थान संघ नेवाला पान्जुम्भो लगायत अन्य किरातजन्य संस्थाहरुको सह–आयोजनामा सम्पन्न सेवामा २० जना भन्दा बढी माङ्सेवासाबा हरुले मुन्धुम बाचन गरेका थिए ।
राजधानीको पाशुपत क्षेत्र गुह्येश्वरी मन्दिर छेउ बागमती किनारमा साक्मुरा वादेम्मा अर्थात गालिश्राप बगाउदैँ सेवाको शुभारम्भ भएको थियो ।
उपत्यकाको तुम साङ्दाङ्गेन वारुम्साबा दुबिन्द्र सेर्मा र माङ्सेवासाबा मान बः तबेबुङ् बाट किरात साम्जिक मुन्धुम बाचन गर्दै साक्मुरा बगाईएको थियो ।
किरात साम्यो माङ्सेवासाबा नेवालाका वरिष्ठ सल्लाहकार सुर्यबिक्रम चेम्जोङद्वारा दिप प्रज्वलन गरि येत नाम्धुङ लाधुङसेमी को समुद्घाटन भएको थियो । नेवालाकै अध्यक्ष हरि थक्लिहाङको प्रमुख संयोजनमा निस्सेसेक्खामाङ बाचन गर्दै सुरु भएको सेवामा उपत्यकाकै तुम साङ्दाङ्गेन वारुम्साबा दुनिन्द्र सेर्मा, माङ्सेवासाबाहरु सरिता लावती, राजा माबोहाङ, मदन खालिङ, अर्जुन सेर्मा, सरस्वती सेर्मा, राम प्रसाद योङ्हाङ, बिपि बेघा, शुभलक्ष्मी राई बेघा, चन्द्र तुम्बापो, मनमाया वनेम, राजकुमार आङ्देम्बे, मान बहादुर तबेबुङ, पितम प्रसाद देवानलगायत २० भन्दा बढी सेवासाबाहरुले किरात साम्जिक मुन्धुम बाचन गरेका थिए ।
सेवा चलिरहदा डिल्लिश्वर लावतीको मधुर स्वरमा माङ्सेवासाम्लो ले थप आनन्द मिलेको थियो ।
सेवामा मुन्धुमबिद, ज्योतिषबिद डा.चन्द्र कुमार शेर्मा, गोरखनाथ गुरु आनन्दनाथ खनाल, बाल तपस्वी बालमुकुन्द, किरात धर्म तथा साहित्य उत्थान संघ नेवाला पान्जुम्भोका अध्यक्ष जीवन कुमार सुनुवार, शब्दीगुरु किरात माङ्सेसे हाङ्साम माङ्हिमका अध्यक्ष ज्ञानु इजम, काठमाडौ समिति, ललितपुर, भक्तपुर समितिका अध्यक्षहरु सुर्यराज मादेन, बिपि बेघा, गजेन्द्र फियाक, डम्बर शेर्मा, पदम लिङ्देन, बिमला येङदेन, दङगध्वज खोयाहाङ लगायत को उपस्थिती रहेको थियो ।
यसैगरि किरात याक्थुम चुम्लुङ की महासचिव निरन्ती तुम्बापो, विश्व–हिन्दु युवा संघको अध्यक्ष ऋषीकेश जंङ शाह, किरात मोर्चाको कार्यसमिति नवीन किराँती, गोपाल पुन, अधिबक्ता मनिष कुमार श्रेष्ठ, सेभेन स्टर माया गुरुङ, गायक ब्रबिम सेर्मा, जेपि नेम्बाङ, लेखनाथ चेम्जोङ, फक्ताङ्लुङ सयङका केन्द्रिय अध्यक्ष यादन सेर्मा लगायत सन्चारकर्मी धन बहादुर फागो, समाजसेवी जङग राई, विद्यार्थी नेता नन्द कुमार राई लगायत थुप्रै श्रद्वालु भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमको अन्त्यमा उक्त सेवामा अमुल्य सहयोग पुर्याउने सहयोगी, माङ्सेवासाबा र स्वयंसेवकहरुलाई आयोजक को तर्फबाट धन्यवाद पत्र प्रदान गरि कार्यक्रम सम्पन्न भएको थियो ।
सेवाको अनौपचारिक संचालन मिडियाकर्मी तथा माङ्सेवासाबा राजेन्द्र केरुङ ले सन्चालन गरेका थिए ।
राजेन्द्र केरुङबाट