साफ यू–१७ पुरुष फुटबलमा भारतको विजयी सुरुआत - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

साफ यू–१७ पुरुष फुटबलमा भारतको विजयी सुरुआत

भदौ २०, काठमाडौं । भारतले श्रीलंकामा जारी साफ यू–१७ पुरुष फुटबलमा विजयी सुरुआत गरेको छ ।

भारतले सोमबार भएको उद्घाटन खेलमा भुटानलाई ३–० गोल अन्तरले पराजित गर्दै सुखद सुरुआत गरेको हो ।

भारतको जितमा थाङ्गलालसौन गंगटेले दुई गोल र भानलाल्पेका गुइटेले एक गोल थपे । यस जितसँगै समूह ‘बी’ को भारतले पहिलो खेलमै ३ अंक जोडेको छ ।

यस समूहमा नेपाल पनि रहेको छ । नेपालले पहिलो खेलमा भुटानकै सामना गर्नेछ । नेपालले भुटानसँग बुधबार प्रतिस्पर्धा गर्नेछ ।

 

सम्बन्धित खवर