केन्याविरुद्धको एकदिवसीय सिरिजमा नेपालको क्लिन स्विप - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

केन्याविरुद्धको एकदिवसीय सिरिजमा नेपालको क्लिन स्विप

भदौ २०, दमक । घरेलु टोली केन्याविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा नेपालले क्लिन स्विप गरेको छ ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा केन्यालाई ६ विकेटले हराउँदै नेपालले सिरिज ३–० ले जितेको हो ।

यस सँगै नेपालले केन्याविरुद्धको दुबै सिरिज आफ्नो बनाएको छ । नेपालले यस अघि पाँच खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३–२ ले जितेको थियो ।

केन्याले दिएको २ सय ५६ रनको लक्ष्य नेपालले ४७ ओभर १ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा अर्जुन साउद, आसिफ शेख र वसिर अहमदले अर्धशतकीय इनिङ खेले । अर्जुनले ५८ तथा आसिफले ५६ रन बनाउदा वसिर ५२ रनमा अविजित रहे ।

यस्तै कप्तान रोहित पौडेलले अविजित रहदै ४६ रन बनाउदा ज्ञानेन्द्र मल्ल ३३ रनमा आउट भए भने देव खनाल एक रनमा आउट भए ।

केन्याका भिराज पटेलले २ तथा शेम एनगोचे र याश तालातीले १/१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५५ रन बनाएको थियो ।

केन्याका लागि कोलिन्स अबुयाले ८४ रनको अर्धशतकीय इनिङ खेल्दा लुकास एनडानडासनले अविजित रहदै ५९ रनको अर्धशतकीय इनिङ खेले ।

सुखदिप सिंहले ३७ रन जोड्दा इमानुएल बुन्डीले २३ रन, कप्तान शेम एनगोचे १७ रनमा आउट भए ।

नेपालका सोमपाल कामी र आदील अन्सारीले २/२ विकेट लिदा वसिर अहमद र शाहब आलमले १/१ विकेट लिए ।

सम्बन्धित खवर