कांग्रेस सभापति खड्कालाई शान्तिपूर्ण नैतिक दबाब समितिको ज्ञापनपत्र - Mangsebung News
  • आइतबार, साउन ०५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कांग्रेस सभापति खड्कालाई शान्तिपूर्ण नैतिक दबाब समितिको ज्ञापनपत्र

भदौ १९, माङसेबुङ । नेपाली कांग्रेस इलाम जिल्ला समितिका सभापति डम्बर खड्कालाई प्रदेश नं १ को नाम बहुपहिचानको आधारमा किरात सगरमाथा राख्न माग गर्दै शान्तिपूर्ण नैतिक दबाब समितिले ज्ञापनपत्र बुझाइएको छ ।

आइतबार राजनीतिक दलका नेताहरुलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम अन्तर्गत किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङसँग दर्शन भेटको लागि सभापति खड्का माङसेबुङ पुग्दा ज्ञापनपत्र बुझाएको शान्तिपूर्ण नैतिक दबाब समितिका सह संयोजक केहेरसिं योङहाङले बताए ।

यसरी राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने, ज्ञापनपत्र बुझाउने क्रममा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई शान्तिपूर्ण नैतिक दबाब समितिले ज्ञापनपत्र बुझाएका छन् ।

त्यसैगरी पूर्व प्रधानमन्त्री तथा नेकपा एकिकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पनि दबाव समितिले भेट गरी ज्ञापनपत्र बुझाइ सकेको संयोजक थेगिमले बताए ।

समितिका संयोजक थेगिमका अनुसार सत्ता गठबन्धन दलका शीर्षस्थ नेताहरु बहुपहिचानको आधारमा नामाकरण गर्ने विषयमा सकरात्मक देखिएका छन् । तर, दुइ पटकसम्म भेटेर लामो छलफल गरिएको भएपनि पहिचानको आधारमा प्रदेश नामाकरण गर्ने सवालमा एमालेका अध्यक्ष ओली भने, सकरात्मक नदेखिएको दबाब समितिका संयोजक थेगिमको भनाई छ ।

सम्बन्धित खवर