महिला साफ च्याम्पियनसिप : उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

महिला साफ च्याम्पियनसिप : उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै

भदौ २१, दमक । आज मंगलबारबाट छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता काठमाडौंमा सुरु हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गर्ने भएको छ ।

साँझ ५ः३० बजे सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने छ ।

प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।

साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ । यस्तै समूह ‘बी’ मा आयोजक नेपाल, श्रीलंका र भुटान रहेको छ ।

समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल खेल असोज ३ गते हुनेछ ।

साविक उपविजेता नेपाल आज भुटानलाई हराउँदै सुखद सुरुआत गर्ने योजनामा हुनेछ । तर, अन्डर डग टोली भुटानविरुद्ध नेपाल शतर्क भएर खेल्नेछ ।

नेपाल यस पटक उपाधि घरमै राख्ने योजनामा समेत रहेको छ । नेपाली टिमकी नवनियुक्त कप्तान एन्जिला सुब्बाले उपाधि घरमै राख्न प्रयास गर्ने बताएकी थिइन् ।

सम्बन्धित खवर