महिला साफ च्याम्पियनसिप : नेपालको विजयी सुरुआत - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

महिला साफ च्याम्पियनसिप : नेपालको विजयी सुरुआत

भदौ २१, काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुआत गरेको छ ।

नेपालले मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा भुटानलाई ४–० गोल अन्तरले हराउँदै सुखद सुरुआत गरेको हो ।

नेपालको जितका लागि सावित्रा भण्डारी र अनिता बस्नेतले दुई दुई गोल गरिन् । खेलको १२ औं मिनेटमा सावित्राले गोल गर्दै नेपाललाई अग्रता दिलाईन् ।

यस्तै खेलको ६७ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाईन् ।

खेलको ७२ औं मिनेटमा अनिताले गोल गर्दै नेपाललाई ३–० को अग्रता दिलाईन् । त्यसपछि खेलको ८४ औं मिनेटमा अनिताले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ४–० गोलको जित दिलाईन् ।

भुटान विरुद्धको खेलमा नेपालका तीन खेलाडीले डेब्यु गरेकी छिन् । दिपा शाही, अमिषा कार्की र समिक्षा घिमिरेले राष्ट्रिय टोलीमा डेब्यु गरिन् ।

यस जितसँगै समूह ‘बी’ को नेपालले पहिलो खेलमै ३ अंक जोडेको छ । भुटानले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

अब नेपालले दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भदौ २८ गते श्रीलंकासँग खेल्नेछ ।

प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।

सम्बन्धित खवर