एसिया कप : सुपर चारमा भारत श्रीलंकासँग पराजित - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एसिया कप : सुपर चारमा भारत श्रीलंकासँग पराजित

भदौ २२, दमक । भारत युएईमा जारी एसिया कप क्रिकेट अन्तर्गत सुपर चारको खेलमा श्रीलंसँग पराजित भएको छ ।

मंगलबार राति दुबईमा भएको खेलमा श्रीलंकासँग भारत ६ विकेटले पराजित भएको हो ।

भारतले दिएको १ सय ७४ रनको लक्ष्य श्रीलंकाले १ बल बाँकी रहदा ४ विकेट गुमाएर पूरा गर्यो ।

उसका लागि कुशल मेन्डिस र पथुम निशंकाले अर्धशतक बनाए । मेन्डिसले ५७ तथा निशंकाले ५२ रन बनाए । यस्तै कप्तान दसुन शनकाले ३३ तथा भानुका राजपाक्षले २५ रन बनाए ।

भारतका लागि युजभेन्द्र चाहलले ३ तथा रविचन्द्रन आश्विनले १ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो ।

भारतका लागि कप्तान रोहित शर्माले ७२ रनको अर्धशतकीय ईनिङ खेले । ४१ बलमा ४ छक्का र ५ चौकाको मद्दतमा उनले ७२ रन बनाए ।

सुर्यकुमार यादवले २९ बलमा ३४ रन तथा हार्दिक पाण्ड्या र ऋषभ पन्तले १७÷१७ रन बनाए ।

श्रीलंकाको जितमा दिलशान मधुशंकाले ३ तथा चामिका करुनारत्ने र दासुन शनकाले समान २÷२ विकेट लिए ।

सुपर चारमा श्रीलंकाको यो लगातार दोस्रो जित हो । भारतको भने लगातार दोस्रो हार हो ।

बुधबार हुने पाकिस्तान र अफगानिस्तानबीचको खेलमा पाकिस्तान विजयी भएमा भारतको फाईनल पुग्ने सम्भावना समाप्त हुनेछ ।

 

सम्बन्धित खवर