च्याम्पियन्स लिग : पीएसजीको विजयी सुरुवात - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

च्याम्पियन्स लिग : पीएसजीको विजयी सुरुवात

भदौ २२, दमक । च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले विजयी सुरुवात गरेको छ ।

मंगलबार राति समूह चरण अन्तर्गत भएको खेलमा इटालियन क्लब युभेन्ट्सलाई २–१ गोल अन्तरले हराउँदै पीएसजीले सुखद सुरुवात गरेको हो ।

पीएसजीको जितका लागि दुबै गोल केलियन एमबाप्पेले गरे । युभेन्ट्सका वेस्टन म्याककेन्नीले एक गोल फर्काए ।

एमबाप्पेले खेलको पाँचौं मिनेटमा गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको २२ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई २–० को अग्रता दिलाए ।

यता खेलको ५३ औं मिनेटमा युभेन्ट्सका वेस्टन म्याककेन्नीले एक गोल फर्काए ।

यस जितसँगै पीएसजीले पहिलो खेलमै ३ अंक जोडेको छ । समूह एचको पीएसजी अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।

यसै समूहको अर्को खेलमा बेन्फिकाले मक्काबी हाइफालाई २–० ले हराएको छ भने इटालियन एसी मिलानले साल्जवर्गसँग १–१ गोलको बराबरी खेलेको छ ।

सम्बन्धित खवर