महिला साफ च्याम्पियनसिप : भारतको विजयी सुरुवात - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

महिला साफ च्याम्पियनसिप : भारतको विजयी सुरुवात

भदौ २२, काठमाडौं । साविक विजेता भारतले नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पाकिस्तानलाई ३–० गोल अन्तरले हराउँदै भारतले सुखद सुरुवात गरेको हो ।

भारतको जितमा ग्रेस डाङमेई र सौम्याले एक एक गोल गरे भने, एक गोले आत्मघाती गोलको उपहार पएको थियो ।

जितसँगै समूह ‘ए’ को भारतले पहिलो खेलमै ३ अंक जोडेको छ । पाकिस्तानले भन हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

प्रतियोगिता अन्तर्गत नै आज हुने अर्को खेलमा बंगलादेशले माल्दिभ्सको सामना गर्नेछ । बंगलादेश र माल्दिभ्सबीचको खेल ५ः३० बजे सुरु हुनेछ ।

प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।

सम्बन्धित खवर