महिला साफ च्याम्पियनसिप : बंगलादेशको विजयी सुरुवात - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

महिला साफ च्याम्पियनसिप : बंगलादेशको विजयी सुरुवात

भदौ २२, काठमाडौं । नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशले विजयी सुरुवात गरेको छ ।

बुधबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्सलाई ३–० गोल अन्तरले हराउँदै बंगलादेशले विजयी सुरुवात गरेको हो ।

बंगलादेशको जितमा कप्तान सबिना खातुनले दुई गोल तथा मसुरा प्रभिनले एक गोल गरिन् । बंगलादेशले तीनै गोल पहिलो हाफमा गरेको थियो ।

यस जितसँगै समूह ‘ए’ को बंगलादेशले पहिलो खेलमै ३ अंक जोडेको छ । यता माल्दिभ्सले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

यसै समूहको खेलमा भारतले पाकिस्तानलाई ३–० ले नै हराएको थियो ।

प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।

 

सम्बन्धित खवर