साफ यू–१७ च्याम्पियनसिप : नेपालले भारत प्रतिस्पर्धा गर्दै - Mangsebung News
  • शनिबार, असार २८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

साफ यू–१७ च्याम्पियनसिप : नेपालले भारत प्रतिस्पर्धा गर्दै

भदौ २४, दमक । नेपालले आज शुक्रबार श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे नेपालले कोलम्बोको रेस कोर्स ग्राउण्डमा भारतको सामना गर्नेछ ।

आज नेपाल भारतलाई हराउँदै समूह विजेता बन्दै सेमिफाइनलमा पुग्ने योजनामा रहेको छ । यता भारत पनि नेपाललाई हराएर समूह विजेता बन्न चाहन्छ ।

समूह ‘बी’ मा रहेको नेपाल र भारत यस अघि नै सेमिफाइनल पुगिसकेको छ । यू–१७ अन्तर्गत नै शुक्रबार हुने दोस्रो खेलमा श्रीलंका र माल्दिभ्स प्रतिस्पर्धा गर्ने छन् ।

 

सम्बन्धित खवर