साफ यू–१७ च्याम्पियनसिप : भारतमाथि नेपालको शानदार जित - Mangsebung News
  • शनिबार, असार २८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

साफ यू–१७ च्याम्पियनसिप : भारतमाथि नेपालको शानदार जित

भदौ २४, दमक । श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलमा भारतलाई पराजित गर्दै नेपालले शानदार जित निकालेको छ ।

शुक्रबार कोलम्बोको रेस कोर्स ग्राउण्डमा भएको खेलमा नेपालले भारतलाई ३–१ गोल अन्तरले हराउदै शानदार जित निकालेको हो ।

नेपालको जितमा सरोज दर्लामी, उनेश बुढाथोकी र सुवास बमले एक एक गोल गरे । नेपालले सुरुआती एक गोलको अग्रता उल्टाएर भारतलाई हराएको हो ।

खेलको २५ औं मिनेटमा ड्यानी मेइटीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ४५ औं मिनेटमा सरोज दर्लामीले गोल गर्दै नेपाललाई १–१ गोलको बराबरीमा ल्याए ।

यसैगरि खेलको ४९ औं मिनेटमा उनेशले गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलको ६८ औं मिनेटमा सुवासले गोल गर्दै नेपाललाई ३–१ को जित दिलाए ।

यस जितसँगै नेपालले २ खेलमा ६ अंक जोडेको छ । नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । भारत २ खेलमा ३ अंक जोडेर उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

सम्बन्धित खवर