दमकमा तीन महिने केश श्रृगार तालिम सुरु - Mangsebung News
  • आइतबार, साउन ०५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमकमा तीन महिने केश श्रृगार तालिम सुरु

भदौं २४, दमक । स्थानिय महिलाहरुलाई रोजगारको अवसर दिन दमक उधोग वाणिज्य संघले बिहिबार एक कार्यक्रमको आयोजना गरी ३ महिने केश श्रृगार तालिमको शुभारम्भ गरेको छ ।

वाणिज्य संघले ब्यवसायीक तथा सीप बिकास तालिम केन्द्र भद्रपुरको आर्थिक सहयोगमा वेरोजगार महिलाहरुलाई सीप सिकाएर दक्ष बनाउने केश श्रृगार सम्वन्धिको तालिमको उद्घाटन गरिएको हो ।

दमक क्षेत्रका १८ जना महिलाहरुको सहभागीता रहने तालिमको उद्धघाटन कार्यक्रमका प्रमुख अतिथि तालिम केन्द्रका कार्यालय प्रमुख कृष्णा श्रेष्ठले कार्यालयले सीप सिकाउने, उधमशीलता लगायतका सीपमुलक तालिम गर्दै आएको बताए ।

तालिममा सहभागी दिदी वहिनीहरुले सक्रिय रुपमा तालिम लिएर दक्ष बनी भविष्यमा ब्यवसायिक रुपमा आयआर्जन गरी परिवारको आय स्तर बढाउन सक्ने प्रमुख श्रेष्ठले आशा ब्यक्त गरेका थिए । ३ सय ९० घण्टा अर्थात ३ महिना तालिम लिने क्रममा आइपर्ने विशेष परिस्थिति वाहेकका अरु समस्यालाई पर पन्साएर दक्षता हासिल गर्न उनले सुझाव समेत दिए ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाईले सहभागीहरुले उत्साहका साथ सीप सिकेर तालिमलाई परिणम मुखी बनाए मात्र सरकारको लगानीको सदुपयोग हुने बताउदै सीप सिकाइमा ध्यान दिने आग्रह गरे ।

सीप बिकास केन्द्रकै प्रशासकीय अधिृकत रमेश कोइरालाले यो पहिलो तहको तालिममा राम्रोसंग सीप सिक्न सक्नु भएमा भविष्यमा हुने सीटीइभीटीवाट हुने सीप परीक्षणको अवसर पनि पाउन सक्ने बताए । तालिम लिएर छोडने भन्दा पनि यसलाई ब्यवहारमा उतार्न वाणिज्य संघका कार्यसमिति सदस्य चन्द्र खत्रीले अनुरोध गरे ।

तीन महिने तालिममा हेयर कटीङ, हेयर वयल मसाज, कपाल धुने,सुकाउने, थेडिङ, मेहेन्दी आर्ट, रौ उख्ने, हात खुटा र अनुहार सफा लगायतका विषय सिकाइने प्रशिक्षक तथा हङकङ ब्युटी पार्लर दमकका सञ्चालक कमला राईले जानकारी दिईन ।

मन कुमार गदालबाट

सम्बन्धित खवर