झापामा विधालय स्तरीय अतिरिक्त क्रियाकलाप प्रतियोगिता सम्पन्न - Mangsebung News
  • आइतबार, साउन ०५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापामा विधालय स्तरीय अतिरिक्त क्रियाकलाप प्रतियोगिता सम्पन्न

भदौं २४, दमक । निजी तथा आवासीय बिधालय अग्रनाइजेसन नेपाल(प्याब्सन)ले झापा जिल्ला भरि अन्तर विधालय स्तरीय अतिरिक्त क्रियाकलाप प्रतियोगिता सम्पन्न गरेको छ ।

दमक, विर्तामोड, कन्काई लगायतका जिल्ला भरिका निजी विधालयहरुले विधार्थीको चौतर्फी ज्ञानको वृद्धिको लागि प्याब्सन झापाले आज अन्तर विधालय स्तरीय अतिरिक्त क्रियाकलाप प्रतियोगिता सम्पन्न गरेको हो ।

दमक ५ स्थित सर्वीदय अंग्रेजी माविमा भएको उद्घाटन कार्यक्रममा बोडिङ बिधालयहरु दोहोरो करको मारमा रहेको निजी विधालयका प्रतिनिधि एवम् सरोकारवालाले त्यसलाई हटाउन माग गरेका छन् ।

प्याब्सन झापा र दमक नगर समितिले आयोजना गरेको कार्यक्रम प्याब्सन दमक नगर समिति अध्यक्ष जर्नादन मैनालीको अध्यक्षतामा भएको हो । सरोकारवालाहरु प्याब्सनका सल्लाहकार एल डी राई ,इष्टु झापा अध्यक्ष हेमराज खतिवडाले निजी विधालयलाई दोहोरो तेहोरो करवाट मुक्त गर्न स्थानिय सरकारललाई ध्यानकर्षण गरेको थियो ।

कार्यक्रममा दमक नगर पालिका नगर उप प्रमुख रेगिना भटराई प्रसाईले परिवारको पहिलो पाठशाला घर भएको हुदा निजी बिधालयले उल्लेख योगदान पुराएको बताए । बिधार्थीलाई अतिरिक्त क्रियाकलापसंगै बिधार्थीलाई नैतिक शिक्षा दिनु पर्ने उनले बताए ।

प्याब्सनले गरेको कार्यक्रममा कविता बाचन तथा लेखन ,चित्रकला प्रतियोगिता, निबन्ध लेखन र हाजिरी जवाफ लगायतका प्रतियोगितामा विजेताहरुलाई पुरस्कृत गरेको प्याब्सन नगर समिति नविन योगीले जानकारी दिए ।

मन कुमार गदालबाट

 

सम्बन्धित खवर