भदौ २४, काठमाडौं । नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा भुटानले पहिलो जित हासिल गरेको छ ।
भुटानले शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा श्रीलंकालाई ५–० गोल अन्तरले हराउँदै पहिलो जित हासिल गरेको हो ।
महिला साफ इतिहासमा भुटानको यो पहिलो ऐतिहासिक जित समेत हो ।
भुटानको जितमा डेखी लाजोमले दुई गोल गरिन् । न्याम्गेल डेमा, छिरिङ लाडेन र छिरिङ याङदेनले एक एक गोल गरिन् ।
यस जितसँगै समूह ‘बी’ मा रहेको भुटानले २ खेलमा ३ अंक जोडेको छ । जितपछि भुटानले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।