यू–२० एसियन कप छनोटमा नेपालले भुटानसँग प्रतिष्पर्धा गर्दै - Mangsebung News
  • शनिबार, असार २८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

यू–२० एसियन कप छनोटमा नेपालले भुटानसँग प्रतिष्पर्धा गर्दै

भदौ २५, दमक । नेपालले बहराइनमा आयोजना हुने एएफसी यू–२० एसियन कप छनोटको पहिलो खेलमा आज शनिबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाली समय अनुसार राति ८ः४५ बजे शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा नेपालले भुटानको सामना गर्नेछ ।

छनोटको समूह ‘बी’ मा रहेको नेपाल भुटानलाई हराएर सुखद सुरुवात गर्ने योजनामा रहेको छ । भुटान पनि नेपाललाई हराएर विजयी सुरुआत गर्न चाहन्छ ।

नेपाली यू–२० राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक मेघराज केसीले प्रतियोगिताका लागि टिमको तयारी राम्रो रहेको र एसियन कपमा छनोट हुने आशा राखेको समेत बताए ।

नेपालको समूहमा भुटानसँगै कतार, बहराइन र बंगालादेश छन् ।

सम्बन्धित खवर