पान्थरमा ‘सहिद माङ्तोक–मनिल स्मृति प्रतिष्ठान’ गठन - Mangsebung News
  • आइतबार, साउन ०५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पान्थरमा ‘सहिद माङ्तोक–मनिल स्मृति प्रतिष्ठान’ गठन

भदौ २५, पान्थर । ‘सहिद माङ्तोक–मनिल स्मृति प्रतिष्ठान’ गठन भएको छ ।

शनिबार पाँचथर फेदेनस्थित होटल सिङ्गापुरको सभाहलमा सम्पन्न भेलाले डिआर हाङ्सरुम्बाको अध्यक्षतामा १३ सदस्यीय गठन गरेको हो ।

उपाध्यक्षमा मनकुमार अधिकारी, सचिवमा कुमार यवा ‘मौसम’ र अर्थसचिवमा देउकुमार नेम्बाङ्लाइ चयन गरेको छ ।

यसैगरि सदस्यहरुमा सम्झना योङ्हाङ, सुरेन्द्र लावती, भक्त नेम्बाङ, दलप्रकाश लावती, सिर्जना पयाङ्गु, कुमार पदालुङ, बिकेन्द्र नेम्बाङ, रुद्र लावती, चन्द्रकुमार लिङ्देन रहेका छन ।

लिम्बुवान आन्दोलनको क्रममा बिक्रम सम्बत २०६४ साल असोज २० गते झापा केरखामा राज्यद्वारा गोलि हानी मारिएको राजकुमार आङ्देम्बे ‘माङ्तोक’ र समानुपातिक स्ववियु आन्दोलनको क्रममा धुलाबारी क्याम्पस प्राङ्गण झापामा राज्यद्वारा गोलि हानी हत्या गरिएका मनिल तामाङ्को नाममा उक्त प्रतिष्ठान निर्माण भएको हो ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपाल पान्थरको चौथो जिल्ला अधिबेशन २०७७ फिदिमबाट पारित विनियम अन्तर्गत गठन गरिएको जिल्ला अध्यक्ष चन्द्रराज आङ्देम्बेले बताए ।

पाँचथरको ८ स्थानीय निकायको एक एक जना प्रतिनिधि र जिल्ला कार्यसमितिले सिफारिस गरेको प्रतिनिधिहरुको उपस्थितिमा गरिएको गठन कार्यक्रममा संगठनका संघीय सहसचिव सागर केरुङ, प्रान्तीय सचिव सुनिता केरुङ, जिल्ला सचिव सुबास केरुङ, संघीय लेखक मञ्चका केन्द्रीय सचिव तथा यासोक क्याम्पसका प्राध्यापक डिकध्वज लावती लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर