भदौ २७, ललितपुर । किरात राई यायोक्खा जिल्ला कार्य समिति ललितपुरको १० औं अधिबेसनले अध्यक्षमा भुपेन्द्र पुमा राईलाई चयन गरेको छ ।
किरात राई यायोक्खा केन्द्रीय कार्य समितिका बरिष्ठ उपाध्यक्ष जीवन हताचु राईको प्रमुख आथित्यमा आईतवार सम्पन्न सो अधिबेशनले राईको अध्यक्षतामा २५ सदस्यीय कार्य समिति चयन गरेको हो ।
नव कार्य समितिको उपाध्यक्षमा सरिता राई र पदमकला राईफ सचिवमा दिनेश नाछिरिङ् राई र कोषअध्यक्षमा बसन्तकुमार राई निर्वाचित भएका छन् ।
यसैगरि सदस्यहरुमा ऋषिश्वर राई, धनकुमार राई, नारायण राई, रबिन राई, तिलासरि राई, गीता राई, निश्चल राई, राजकुमार राई र भुपजित राई रहेका छन ।