महिला साफ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

महिला साफ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

भदौ २७, काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ  ।

सोमबार भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६-० गोल अन्तरले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश हो ।                    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन अमिषा कार्कीले दुई गोल गरिन भने कुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दिपा शाहीले एक एक गोल गरिन ।

यस जितसँगै नेपालले अपराजित रहदै अन्तिम चारमा स्थान बनाउदै समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह ‘बी’ को नेपालले २ खेलमा ६ अंक जोड्यो ।

नेपालको जितसँगै भुटान समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ ।

समूह ‘ए’ बाट भारत र बंगलादेशले अन्तिम चारमा स्थान पक्का गरिसकेको छ ।

 

सम्बन्धित खवर