भदौ २८, माङसेबुङ । श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलमा नेपाल फाइनलमा प्रवेश गरेको छ ।
सोमबार राति कोलम्बोमा भएको दोस्रो सेमिफाइनलमा आयोजक श्रीलंकालाई ६-० गोल अन्तरले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।
नेपाललाई जित दिलाउन कप्तान प्रशान्त लक्सम लिम्बु, हरिस राज भट्ट, सुवास बम, निरोज कार्की, उनेश बुढाथोकी र सिजल राईले एक एक गोल गरे ।
अब नेपालले उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ ।