- पदम सुखी सम्बाहाम्फे
भदौ ३०, कुम्मायक । कुम्मायक गाउँपालिकाको वडा नम्बर २ माङ्जाबुङ स्थित चौथी बजारमा संचालित ३ दिने सत्तासी मेलाको आवसरमा सम्पन्न ब्याडमिन्टन र भलिबल दूवै खेलको उपाधि फिदिमले तिेको छ ।
भलिबलको उपाधि रणशेर गण फिदिमले जित्यो भने ब्याडमिन्टन तर्फ पनि फिदिमलेनै जितेको थियो ।
भलिबलको उपाधि जितेसँगै रणशेर गण फिदिमले नगद ५० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र हासिल गरेका थिए भने तुम्बेवा गाउँपालिकाले उपबिजेतामा चिक्त बुझाउँदै नगद ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र हात पारेको खेल संयोजक कुमार शेर्माले बताए ।
यसैगरी ब्याडमिन्टन तर्फ उपाधि जितेसँगै फिदिमका खेलाडीले नगद १५ हजार ५ सय ५५ सहित मेडल र प्रमाणपत्र साथै उपबिजेतामा चिक्त बुझाएका कुम्मायक कुस्सायक ब्याडमिन्टन क्लब यासोकका टिमले नगद पुरस्कार ८ हजार ८ सय ८८ र मेडल तथा प्रमाणपत्र पाएको खेल संयोजक अनिल लिम्बुले बताए ।
सोही मेलाको अवसरमा लिम्बु समुदायमा नाचिने ढोल नाच प्रतिगिताको आयोजना समेत भएको थियो । उक्त ढोलनाच प्रतियोगितामा माङ्जाबुङ फाक्चुवा फासिङ चुम्भो प्रथम र श्रीजनशिल युवा समुह दोस्रो भएकोमा प्रथम हुनेले नगद ४ हजार ५ सय र दोस्रोले २ हजार ५ सय पुरस्कार पाएको मुमुहाङ शेर्माले बताए ।
कुम्मायक गाउँपालिकाको माङ्जाबुङ स्थित चौथी बजारमा २०३२ सालदेखि उक्त मेला लाग्दै आएको बताइन्छ । उक्त स्थानमा त्यो समय भन्दा अगाडि कुनै मेला तथा हाटबजार नलागेकोले स्थानीय थरी र लिम्बू समुदायको मिलेर मेला लगाइएको बताइन्छ ।
त्यतिबेलाका तत्कालीन प्रधानपञ्च गजेन्द्र बिक्रम शेर्माले स्वास्थ्य शिक्षा तथा सस्कार सस्कृतिलाइ जगेर्ना गर्ने उद्देश्यले छेलो धाननाच हाक्पारे सङ्गिनी बालन जस्ता मौलिक परम्पराका कला सस्कृतिलाई प्रोत्साहित गर्न मेलाको आयोजना भएको स्थानीयहरु बताउछ्न ।
४७ बर्ष लामो इतिहास बोकेको सो मेलाको नाम पहिला गजेन्द्र मेला थियो भने पछिल्लो समय त्यहाँका बुद्धिजीवी सयेन्द्र शेर्माले ब्यक्तिको नाममा मेला लगाउन नहुने बताएपछि प्रत्येक बर्षको भाद्र महिनाको २७ गते देखि ३ दिन सम्म लाग्ने उक्त मेलाको नामाकरण अपभ्रम्स हुँदै सत्तासी भएको गाउँपालिकाका अध्यक्ष बमप्रसाद लावतिले बताएका छन ।
उक्त बजार तथा मेलालाई ब्यवस्थित बनाउदै सस्थागत रूपमा पुरानो शैलीका बजारलाई आधुनिकीकरण गर्दै छिट्टै करको दायरामा ल्याइने पनि अध्यक्ष लावतिको भनाइ थियो । बुधबार सम्पन्न भएको उक्त मेला गाउँपालिकाका उपाध्यक्ष महेन्द्रबहादुर खड्का वडा नम्बर २ का वडाअध्यक्ष बालकृष्ण शेर्मा वडानम्बर १ का वडाअध्यक्ष देवेन्द्र लावती पत्रकार तथा स्थानीय नागरिक समाजको समेत उपस्थिति रहेको थियो ।